असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाण्डौं महानगर प्रमुखमा वालेन्द्र साह र उपप्रमुखमा सुनिता डंगोल भारी मतका साथ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) भारी मतका विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३,४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् ।

वालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा (एकिकृत समाजबादी) का रामेश्वर श्रेष्ठलाई ४४,८०६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।

यसका साथै स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३,६९५ मत र राप्रपाकी विनिता मगैयाले १२,१४१ मत प्राप्त गरेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार