असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोनाले पर्यटक घटे, नयाँ पर्यटन बजार खोज्दैछौं : होटल संघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल होटल संघले कोरोना भाइरसको संक्रमणका कारण नेपालको दोस्रो ठूलो पर्यटन बजार चीनबाट पर्यटक आगमन घटे पनि अन्य पर्यटन बजारबाट पर्यटक भित्र्याउन प्रयास गरिरहेको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी होटल संघले भारत, बंगलादेश, मध्यपूर्ण,। दक्षिण पूर्वी एसियालगायतका गन्तव्यबाट पर्यटक भित्र्याउन प्रयास गर्ने बताएको छ । ‘तत्कालै अन्य पर्यटन स्रोत बजारका बारेमा पनि नेपाल सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालाहरुसँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गर्दैछौं’ संघले भनेको छ ।
संघले सबै होटलहरुलाई कुनै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पाहुनामा कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र संकेत देख्ने वित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताएको छ ।

कोरोना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा उपयुक्त ढंगबाट सम्प्रेषण हुन नसक्दा बुकिङ रद्द हुने सम्भावना भने रहेको संघले जनाएको छ । त्यसैले यसतर्फ सबैले सतर्कता अपनाउनुपर्ने होटल संघले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया