असार २३, २०८२ सोमबार July 7, 2025

‘तपस्वी’ बमजनलाई पक्रन प्रहरी बिहानै सिन्धुली पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । तर बमजन आश्रममा फेला नपरेको प्रहरी श्रोतले बताएको छ ।

‘हाम्रो टोली बमजनलाई पक्राउ गर्न परिचालन भएको छ, तर उनी भेटिएका छैनन्’, प्रहरी श्रोतले भन्यो । बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको छ । तर उनलाई प्रहरीले भेटेको छैन ।

बमजनमाथि हत्या, बलात्कार र आनीहरुलाई बेपत्ता पारेको आरोप छ । सिन्धुली जिल्ला अदालतबाट बिहीबार बमजन पक्राउको अनुमति प्रहरीले पाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया