असार २४, २०८२ मंगलबार July 8, 2025

एनएमबी बैंक र उद्योगी संगठनबीच सहकार्य हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनएमबी बैंक लिमिटेडले उद्योगी तीन साना उद्योगी संगठन सह सहकार्य गर्ने भएको छ। आन्तरिक उत्पादन तथा रोजगार सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्यमी संगठनहरुसँग साझेदारी गर्ने समझदारी भएको हो।

राजधानीमा आयोजित एक कार्यक्रमबीच बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

यी निकायका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने उद्देश्य परिपूर्तिका लागि बैंकले समझदारीपत्रमा हस्ताक्षर जनाकारी गराइएको छ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते काजग उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया