काठमाण्डौंः राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल भातरमा सम्मानित भएकी छन् ।
१००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा उनीलाई सम्मान गरिएको थियो । त्यसैगरी भारतको सहकारी मन्त्रालय र नेश्नल को–अपरेटिभ युनियन अफ भारतको संयुक्त आयोजनामा भएको एक भव्य समारोहका बिच मल्ललाई गृह तथा सहकारी मन्त्री अमित शाहले सम्मान प्रदान गरेका हुन् ।
नयाँ दिल्लीस्थित विज्ञान भवनमा भएको समारोहमा मल्ललाई सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान पर्याएकोमा सम्मान गरिएको बताइएको छ । उनी नेपालबाट अन्तर्राष्ट्रिय सहकारी महासंघमा निर्वाचित हुने पहिलो नेपाली सहकारीकर्मी समेत हुन्
यसैगरी उनले भारतको एनसीयूबाट सहकारी बिषयमा डिप्लोमा समेत गरेकी छिन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया