काठमाण्डौंः लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको पदबहाली कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । बर्ष २०२२-२३ का लागि निर्वाचित ३२५ के का डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजूलाई LCIF एरिया लिडर तथा आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटिको प्रमुख आतिथ्यतामा निवर्तमान गभर्नर विशेश्वर आचार्यद्वारा पदबहाली गराउनु भएको हो ।

सामाजिक सेवामा सधैंजसो अग्रसर लायन्स क्लबहरुले जुलाइ १ लाई नयाँ कार्यकालको शुरुवाती दिनका रुपमा लिने गरेका छन्ले । नव निर्वाचित डिस्ट्रिक गभर्नर राजेन्द्र बाटाजु, डिस्ट्रिक प्रथम भाइस गभर्नर लायन सुचित्रा थापा, द्वितीय भाइस गभर्नर लायन निरा बज्राचार्य, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी, मिनराज काफ्ले, ट्रेजरर मदन मुल्मी, डिस्ट्रिक चिफ एडभाईजर, दुर्गा प्रासाद हुमागाँई र लियो डिस्ट्रिक्ट “प्रेसिडेन्ट” लियो दिप्ती न्यौपानेले डिष्ट्रिकका अन्य लिडर तथा क्लबका पदाधिकारीहरुको बिशेष उपस्थितिमा डिष्ट्रिक सचिवालयको कार्यालय काठमाण्डौं सामाखुसीमा पद बहाली कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै निवर्तमान डिस्ट्रिक गभर्नर विशेश्वर आचार्यले आगामी कार्यकालको शुभकामनासहित आफू सदैव निर्वाचित गभर्नरको साथमा रहेर सामाजिक सेवाको कामलाई अगाडी बढाउने बताउनु भयो ।
भर्खर क्यानडामा सम्पन्न कन्भेन्सन गरेर फर्कनु भएका आइडि इन्डोर्सी बुर्लाकोटिले कन्भेन्सनको अनुभव सुनाउँदै अब डिस्ट्रिक्ट के लाई विश्वको नम्बर १ बनाउन सबै लाग्नुपर्ने बताउँदै सबैलाई सहयोग गर्न आव्हान गर्नु भयो । साथै उहाँले डिस्ट्रिकका पदाधिकारीलाई लायनवादको मूलमर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिनुभएको थियो ।
पदस्थापना पछि सबैलाई सम्बोधन गर्दै सुरुवात मै २८ नयाँ क्लब खोलेको र अझै नयाँ क्लब खोल्ने र सेवाका कामलाई अझै तिब्रताका साथ लाग्न सबै लायनहरुलाइ आब्हान् गर्दै उपस्थित सबैलाइ धन्यवाद दिनु भयो । उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहरा लगायत बागमतीका सबै क्लबका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया