श्रावण १४, २०८३ बिहिबार July 30, 2026

पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले पुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ।

पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताएका हुन्। उनले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको समेत बताएका छन।

उनले नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यता सम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरी अनुसन्धान पुरा नहुने भएकाले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताएका छन। उनले भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदा क्षति भएकोमा ४ सय वटाको पुनर्निर्माण सम्पन्न भएको र १ सय ५० वटाको यसै आर्थिक वर्षमा सम्पन्न हुने र बाँकीको अबको २ वर्ष भित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताएका छन।

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताएका छन। त्यसका लागि उपत्यकाका सात वटै विश्व सम्पदा सूचिमा रहेका स्थलहरुलाई साइकल लेनले जोडिने समेत बताएका छन। त्यस्तै पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण र अवलोकन गर्न सकिने गरी ‘भ्याली वाइ नाइट’को काम भइरहेको समेत जानकारी दिएका छन।

उनले पुरातात्विक क्षेत्रमा रहेका मानव वस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका कामहरु गर्ने योजना रहेको समेत बताएका छन। त्यस्तै नेपालका कतिपय सम्पदाको अरु मुलुकले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचार प्रसारमा सरकारले ध्यान दिएको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार