मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

डायलासिस सेवा सस्तोमा गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मिर्गौला पीडित सरोकार समाज नेपालले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जलाई डायलासिस सेवा सस्तो गर्न आग्रह गरेको छ ।

समाजले आज त्रिभुवन शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेलाई भेटेर शिक्षण अस्पतालले सरकारले डायलासिसका लागि दिएको रकमभन्दा बढी शुल्क लिएको भन्दै शुल्क कम गर्न माग गरेको हो । समाजका अध्यक्ष बलराम सुवेदीले सरकारले मिर्गौला पीडितलाई डायलासिस गर्न एक पटकको लागि रु दुई हजार ५०० दिने गरे पनि त्रिवि शिक्षण अस्पतालले सोही शुल्कभन्दा बढी रकम लिएको भन्दै सरकारले दिएकै रकमभित्र मिर्गौला पीडितलाई डायलासिस गर्न माग गर्नुभयो ।

“मिर्गौला बिरामी आफैँमा बिरामी हो, सरकारले मिर्गौला बिरामीलाई दिएको रकमभित्रै डायलासिस होस् भन्ने हाम्रो समाजको माग हो”, उहाँले भन्नुभयो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्लेले त्रिवि शिक्षण अस्पतालले मिर्गौला पीडितलाई गुणस्तरीय डायलासिस सेवा प्रदान गर्दा केही शुल्क बढी हुन गएको बताउँदै विशेषज्ञको सल्लाहअनुसार यसलाई कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“बजारमा डायलासिस गर्ने सामाग्रीको मूल्य बढी हुँदा बिरामीलाई डायलासिसको रकम थोरै मात्रामा बढ्न गएको हो, बिरामीलाई कसरी कम शुल्कमा डायलासिस गराउन सकिन्छ भनेर शिक्षण अस्पतालले लागिरहेको छ”, उहाँले भन्नुभयो । मिर्गौला पीडित बिरामीको सेवाका लागि शिक्षण अस्पताल सधैँ गम्भीर रहेको उहाँको भनाइ छ ।

निर्देशक डा काफ्लेका अनुसार त्रिभुवन शिक्षण अस्पतालमा मात्र दैनिक ६६ जनालाई डायलासिस गर्दै आएको छ । शिक्षण अस्पतालमा डायलासिसका लागि ५०० बिरामी पर्खाइमा रहेको निर्देशक काफ्लेले बताउनुभयो । मिर्गौला पीडित सरोकार समाजका अनुसार हाल देशभर ४६ हजारभन्दा बढी मिर्गौला पीडित रहेका छन् । काठमाडौँ उपत्यकाका ३१ अस्पतालले सरकारको सहयोगमा बिरामीलाई निःशुल्क डायलासिस गराउँदै आएका छन् । एक बिरामीले हप्ताको दुईदेखि तीन पटकसम्म आवश्यकता हेरेर डायलासिस गर्ने गरेको समाजले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार
दीपक भट्टको थुनासम्बन्धी रिटमा सर्वोच्चले झिकायो पुरानो आदेश र मुद्दाको सक्कल मिसिल
२०८३ मंग्सिर ७, सोमबार