असार २६, २०८२ बिहिबार July 10, 2025

एमसीसी कार्यदल द्धारा अध्ययन गर्न थप समय माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठित सत्तारुढ दलको विशेष कार्यदलले यसबारे अध्ययनका लागि म्याद थपको माग गरेको छ ।

उक्त समितिलाई दिइएको निर्धारित १० दिनको म्याद भोलि सकिँदैछ । तर यस अवधिमा आवश्यक सुझाव प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने निर्णय कार्यदलको बैठकले गरेको हो ।

सिंहदरबारमा मंगलबार बसेको कार्यदलको बैठकले म्याद थपका लागि पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिएका छन ।

‘हामीले एमसीसीका संशोधन हुनुपर्ने केही बुँदाहरु तयार पारेका छौँ, यसबारे थप अध्ययन गर्न समय आवश्यक छ’, नेता रावलले भने ।

एमसीसी सम्झौताबारे मत विभाजित भइरहेका बेला सत्तारुढ नेकपाले यसबारे अध्ययन गरेर सुझाव प्रतिवेदन बुझाउन झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

एमसीसीबारे सत्तापक्षकै नेताहरुको फरक मत आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाटै एमसीसी संसदबाट पास हुने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार