काठमाडौंः हाल देशभर बदली रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ।
दिउँसो पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्छ । सोही राति गण्डकी, बागमती र प्रदेश १ मा भारी वर्षाको पनि सम्भावना रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया