कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रेस युनियनको अध्यक्ष सहित बहुमत पदाधिकारीमा शिव लम्साल समुह निर्वाचित (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

कांग्रेसनिकट पत्रकारहरूको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको महाधिवेशन श्रावण ६ र ७ बागमती प्रदेशको राजघानी हेटौँडामा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा संस्थापन समुहबाट अनिता बिन्दु र संस्थापनइतर समुहबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

जसमा बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीमा संस्थापनइतर पक्ष हावी भएको छ ।

बरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुल्ला उपाध्यक्षमा नकुल अर्याल, महिला उपाध्यक्षमा सलोजा दाहाल उपत्यका उपाध्यक्षमा जीवन भण्डारी महासचिवमा दिलिप पौडेल निर्वाचित भएका छन् ।

प्रेस युनियनको उपमहासचिवमा रविन्द्र सुवेदी, सुलोचना गौतम, युवराज गौतम, यस्तै सचिवमा मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम, राजन रुचाल र एलपी देवकोटा तथा कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया