कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ लोकार्पण गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ पुस्तक लोकापर्ण गरिँदै छ ।

काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा सोमबार दिउँसो साढे २ बजे आयोजना हुने कार्यक्रममार्फत ढुंगेलको चक्र व्यूहमा नेपालको जलस्रोत पुस्तक लोकार्पण गरिन लागेको सिमल बुक पब्लिेकशन र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले जानकारी दिए ।

लोकार्पण कार्यक्रममा वक्ताका रुपमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शमशेर जबरा, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, डाा. माधव बेलवासे, डा. सुरेन्द्र भण्डारी र विन्न्दु लोहनी रहेका अध्यक्ष ढकाललले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया