कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भोलिदेखि प्रत्येक दिन राहदानी अनलाइन आवेदन फाराम खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राहदानी(पासपोर्ट) लिनको लागि भोलि (मंगलबार)देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएको छ। राहदानी विभागले एक सूचना जारी गर्दै मङ्गलवारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो।

यसअघि राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया