असार २४, २०८२ मंगलबार July 8, 2025

ललितपुर महानगरद्वारा ११ क्लबलाई आर्थिक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका ५ ‘ए’ डिभिजन क्लबसहित ११ क्लबलाई आथिक सहयोग गरेको छ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आइतबार एक कार्यक्रमकाबीच क्लबहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। ए डिभिजनका थ्री स्टार क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबलाई आर्थिक सहयोग गरेको हो।

महानगरले थ्री स्टारलाई १६ लाख प्रदान गरेको छ। ललितपुरले थ्री स्टारलाई वार्षिक उपलब्ध गराउने सहयोग ४ लाख र ३ प्रतियोगिताको उपाधि जितेवापत थप १२ उपलब्ध गराएको हो।

यस्तै च्यासललाई वार्षिक ४ र दुई उपाधि जितेवापत कुल १२ लाख, जावलाखेललाई एक उपाधिसहित ८ लाख रुपैयाँ उपलब्ध गराएको छ। फ्रेन्ड्स र ब्रिगेडलाई भने समान ४ लाख रुपैयाँ दिएको छ।

महानगरले ‘बी’ डिभिजन क्लब सातदोबाटो युथ क्लब, पुल्चोक युथ क्लब, खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबलाई समान ३ लाख रुपैयाँ दिएको छ। यस्तै ‘सी’ डिभिजनका सानेपा र खालीबारी युथ क्लबलाई २–२ लाख उपलब्ध गराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया