काठमाडौं । अनलाइन खुद्रा बिक्रेता अमेजनका संस्थापक जेफ बेजोसले जलवायु परिवर्तनसँग जुध्न १० अर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन्।
विश्वकै धनी बेजोसले सोमबार बेजोस अर्थ फन्ड (बेजोस पृथ्वीकोष) सञ्चालन गरी उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन्। उक्त रकम वैज्ञानिक, अधिकारकर्मी, गैरसरकारी संस्थालाई उपलब्ध गराएर पृथ्वीको संरक्षणमा खर्च गरिने बताइएको छ।
‘जलवायु परिवर्तन हाम्रो ग्रहको लागि सबैभन्दा ठूलो खतरा हो’, उनले इन्स्टाग्राममा पोष्ट गर्दै भनेका छन्, ‘यसको डरलाग्दो प्रभाव रोक्न म सबैसँग हातेमालो गर्न चाहन्छु।’
बेजोस विश्वकै धनाढ्य हुन्। उनीसँग १ सय ३० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति रहेको ब्लुमबर्ग अर्बपति सूचकांकले देखाएको छ।
प्रतिक्रिया