काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य इतिहासकै महँगो भएको हो ।
बुधबार सुन तोलाको ७७ हजार १ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य इतिहासमै सर्वाधिक हो । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलाको ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदीमा पनि तोलामा १५ रुपैयाँ बढेर ९०५ कायम गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया