असार २४, २०८२ मंगलबार July 8, 2025

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बिल बैंक लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुरस्थित संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धनबारे अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन्।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठबीच, बैक र संघका सदस्यहरुलाई व्यवसाय प्रवर्द्धन तथा बैंकिङ सेवा सुलभ तवरबाट उपलब्ध गराउने सम्झौता समेत भएको छ।

सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर समेत दिएका थिए। यस सम्झौतासगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने शाहले जानकारी गराएका छन।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतिको लागि नबिल बैंक तत्पर रहनेछ। व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुसी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौँ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने, ‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउञदा निकै खुशी लागेको छ। निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षोत्साहित भएका छौं र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं।’

नबिल बैंकले १ सय १४ वटा शाखाहरु, १ सय ६६ वटा एटीएमहरुको विशाल संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार