कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गीतकार हरि उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गीतकार हरि उप्रेतीको भक्ति एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक भएको छ ।

वैष्णव परिषद् अमेरिकाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा भक्ति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरिएको छ ।

सयौँ भक्तजनको उपस्थितिमा धार्मिक गुरु स्वामी दामोदर आचार्य तथा गीतकार उप्रेतीका जन्मदिने माता/ पिता तथा कर्म दिने माता/पिता एवं गायक ढकालका माता पिताबाट संयुक्तरुपमा भक्ति एल्बम विमोचन गरिएको हो ।

गीतकार उप्रेतीको अफिसल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘प्रभु वन्दना’मा भीम ढकालको स्वर तथा सङ्गीतकार तृप्ति खड्काको सङ्गीतमा रहेको छ ।

कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत सङ्गीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौँ चलचित्रमा गीत लेखिसक्नुभएको छ ।

उहाँले  आधुनिक विधामा गीति एल्बम करुणा भाग १ र भाग २ समेत बजारमा ल्याइसक्नुभएको छ ।

त्यस्तै अडियो बुक ‘मनका तरेलीहरू’ पनि बजारमा ल्याउनुभएका गीतकार उप्रेतीले साहित्यको गजल विधामा पनि कलम चलाउनुभएको छ ।

गीत सङ्गीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ विश्वास राख्ने गीतकार उप्रेतीले विगत २५ वर्षदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।न्यूजअभियान

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार