कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सोहेल र सीमा अलग्गिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् ।

सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको थियो । यसपछि दुवैले भागेर विवाह गरेका थिए । उनीहरुको निर्वान र योहान नामका दुई छोरा छन् ।

डिभोर्सको निवेदन दिनुअघि दुवैजना केही समयदेखि अलग्ग बस्थे । ‘मलाई जीवनमा अझै अगाडि बढ्नु थियो । त्यसकारण यो निर्णय लिएकी हुँ ।  मेरो भाई र बहिनी सबैलाई मेरो निर्णयबारे थाहा छ’, उनले भनेकी छन् ।

आफ्नो परिवारले आफ्नो कुरालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने उनको बुझाई छ । उनले आफूले धेरै नकारात्मक कुरा छोडेको जनाउँदै आफू जीवनको चिन्ता नगर्ने स्थानमा पुगिसकेको दाबी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा पनि आफ्नो नाम परिवर्तन गरेकी छन् । उनले सीमा किरण सजदेहा लेखेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार