श्रावण १४, २०८३ बिहिबार July 30, 2026

कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालले त्यहाँ तत्कालका लागि कामदार नपठाउने भएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले कोरोनाको समस्यामा केही सामाधान नभएसम्म कोरिया कामदार नपठाइने निर्णय भएको बताएका छन।

‘कोरियामा पनि कोरोनाको संक्रमण देखिएकाले नेपाली कामदारलाई पठाउँदैनौँ’, महानिर्देशक दहालले भने, ‘कोरानाको संक्रमण फैलिएकै कारण कोरिया कामदार लैजानका लागि प्रस्ताव भएको एक उडानपछि सर्ने भएको छ।’

कोरियामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेको समाचार बाहिरिएसँगै फागुन १८ गते कोरिया पठाउन लागिएको उडान रोकिने भएको हो। ईपीएस कोरिया शाखाका कर्मचारी कृष्णप्रसाद खनालका अनुसार सो दिन ४० जना नेपालीहरुलाई कोरिया पठाउन प्रस्ताव गरिएको थियो।

‘यो प्रस्तावित उडान रोक्ने छलफल भएको छ। फेरि कहिले उडाउने भन्ने विषयमा निर्णय भएको छैन,’ उनले भने।

ईपीएसमार्फत सरकारले कोरियामा नेपाली कामदारहरु पठाउँदै आएको छ। नेपाल कोरियामा ३५ देखि ४० हजार नेपालीहरु रहेको विभागको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ। कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाबाट संक्रमितको संख्या ५५६ पुगेको छ।

खासगरि कोरियाको थेगु शहर कोरोनाबाट बढी प्रभावित बनेको छ। सो प्रान्तका मेयरले मानिसहरुलाई चहलपहल कम गर्न आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार