असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालीका लागि चीनको भिसा शुल्क वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालले चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिइरहँदा चीनले आफ्नो देश प्रवेशको भिसा शुल्क वृद्धि गरेको छ। काठमाडौंस्थित चिनियाँ दूतावसाले भिसा सेवा आवेदेन केन्द्र स्थापना गरेसँगै शुल्क वृद्धि भएको हो।

भोलि सोमबार कमलादीस्थित राइजिङ मलमा भिसा आवेदन केन्द्र उद्घाटन हुँदैछ। त्यसपछि चीनको भिसा आवेदन गर्न चाहने नेपालीले वृद्धि भएको शुल्क बुझाउनु पर्नेछ।

चिनियाँ दूतावासले यसअघि एक जना नेपालीसँग ‘नियमित’ शुल्क अन्तर्गत ४ दिनभित्र भिसा पाउन २ हजार २ सय रुपैयाँ लिँदै आएको थियो। अब सो शुल्क बढेर ६ हजार २ सय पुग्नेछ। ‘नियमित’ प्रक्रियामार्फत् दुई जानाले एकै पटक आवेदन गरे ३ हजार ३०० रुपैयाँ शुल्क लाग्ने गर्थ्यो। अब सो रकम वृद्धि भएर ७ हजार ३०० पुगेको छ।

तीन दिन भित्र भिसा पाउन नेपालीले ४ हजार ९ सय रुपैयाँ तिर्दै आएका थिए। सो रकम वृद्धि भएर १० हजार ७ सय ५० पुगेको छ। यो रकम छोटो अवधिको भिसा शुल्क हो।

‘आधा वर्ष मल्टिपल’ भिसामा झन्डै दोब्बर वृद्धि भएको छ। सो शीर्षकमा यसअघि ४ हजार ४०० रुपैयाँ शुल्क रहेकोमा अब ८ हजार ४०० तिर्नु पर्नेछ। यसैगरी ‘एक वर्ष मल्टिपल’ शीर्षकको भिसा शुल्क बढेर १० हजार ६०० पुगेको छ। ग्रुप भिसामा आवेदन गर्नेहरुका लागि भने एक जनाले ३ हजार ७५० रुपैयाँ तिर्नुपर्नेछ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक महिना अगाडि सूचना प्रकाशित गर्दै भिसाका लागि आवेदन आफूले नगर्ने जनाएको थियो। त्यसका लागि छुट्टै भिसा आवेदन केन्द्र स्थापना हुने उल्लेख गरेको थियो। भिसा शुल्कसँगै थप सेवा शुल्क लिने नीतिका कारण चीन जाने व्यवसायी, पर्यटक, विद्यार्थीले अब बढी शुल्क तिर्नुपर्ने भएको हो।

नेपालीका लागि चीन शासित हङकङको भिसा शुल्क पनि वृद्धि भएको छ।

नेपाल प्रवेश गर्न चिनियाँ नागरिकले नेपालको भिसा लिनु पर्दैन। ४ वर्ष अघि उत्तरी छिमेकी देशका नागरिकलाई नेपालले भिसा निःशुल्क गरेको हो। अध्यागमन विभागका अनुसार चिनियाँ पर्यटक आगमनको तथ्यांक हेर्दा नेपालले भिसाबाट ठूलो रकम गुमाइरहेको छ।

अध्यागमन विभागको भिसा शुल्क र चिनियाँ पर्यटकको नेपाल प्रवेश तथ्यांक विश्लेषण गर्दा सरदर चार महिनामा सरकारले १ अर्ब १६ करोड ३० लाख ८४ हजार रुपैयाँ गुमाउँछ।

पर्यटकको रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकले भिसाका लागि १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि १०० डलर १५० दिनका लागि २२० डलर तिर्नुपर्छ। तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले २०७२ सालमा चीन भ्रमणका क्रममा नेपाल आउने चिनियाँ नागरिकलाई भिसा निःशुल्क प्रवधानमा हस्ताक्षर गरेका थिए।

भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटन उद्योग धरासायी बनेको बेला सरकारले सो निर्णय गरेको थियो। सो अवस्था परिवर्तन भए पनि सरकारको निर्णय भने उही छ। चिनियाँ पर्यटकले नेपाल प्रवेश गर्दा १५० दिनसम्म निःशुल्क भिसा पाउँछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार