कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

फेसन प्रेमी बलिउडका यी अभिनेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जब हामी फेसनको कुरा गर्छौ, बलिउडका केही अभिनेताहरुको फेसनलाई सम्झन्छौं । उनीहरु अभिनयसँगै फेसनमा पनि उत्तिकै लोकप्रिय छन् । यहाँ ती अभिनेताहरुको फेसनबारे चर्चा गरिएको छ ।

रणवीर सिंह

अभिनेता रणवीरको साटरेरियल फेसन अर्थात कपडा पहिरिने तरिकाको विकल्पलाई नजरअन्दाज गर्न सक्नुहुन्न । डिस्कोदेखि लिएर रेट्रोसम्म, सितारादेखि लिएर पप, सीन्स र छालाका पहिरनसम्म रणवीर सबै किसिमका फेसनेबल कपडा लगाउँछन् । भलै उनको पहिरन कतिपयलाई मन परोस् या नपरोस् उनी पहिरनमा जोखिम लिन डराउँदैनन् ।

करण जोहार

निर्माता निर्देशक करण जोहार पनि फेसनका मामिलामा पछाडि छैनन् । उनको एक अलग शैली छ, जुन चर्चामा आइरहन्छ । धर्मा निर्मातालाई मानिसहरु उनको पहिरनका कारण चिन्दछन् । किनकी उनी ब्राण्डेड र बिलासी पहिरन रुचाउँछन् ।

अक्षय कुमार

अक्षय कुमार अहिले पनि फेसनका मास्टर हुन् । सार्प सुटदेखि लिएर फाटेका डेनिम्स र ट्रयाक सुटसम्म । उनको सुन्दरता अर्को व्यक्तिका लागि जल बन्दछ ।

सैफ अली खान

फेसनको मामलामा पटौदी खानका उज्यालो र बलिउड अभिनो सैफ अली खान कसरी पछाडि पर्न सक्छन् । पारम्परिक पोसाक होस् या कुनै स्टाइल पहिरन होस् या उनलाई मनपर्ने कुर्ता शेरवानी नै किन नहोस् । उनी आफ्नो लुक्सले सबैलाई मोहित बनाउँछन् ।

अर्जुन कपुर

अर्जुन कपुर केही फ्युचरिस्टिक फेसन शैलीका लागि चर्चित छन् । उनी यो फेसनका लागि बाई नेक्स्ट डोर लुक्सलाई छोडिरहेका छन् ।

सिद्धान्त चतुवेर्दी

बलिउडको नयाँ ‘ब्याड ब्वाई’ सिद्धान्त चतुवेर्दी एथलेटिक्स पहिरनका लागि चर्चित छन् । जगर्स, क्याजुअल डेनिम र लेदर ज्याकटका पहिरनलाई उनले पुनर्जीवन दिइरहेका छन् ।

विक्की कौशल

विक्की कौशल विस्तारै फेसनको सिढीमा चढ्न आफूलाई तयारीमा अवस्थामा राखेका छन् । उनको अफ स्क्रिन क्याजुअल शैली र अन स्क्रिन औपचारिक विल्प सही चलिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार