भाद्र १, २०८३ सोमबार August 17, 2026

सुदूरपश्चिम प्रदेशसभा : चालु बर्खे अधिवेशन अन्त्य, ६७ वटा विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाको दसौं तथा बर्खे अधिवेशन शुक्रबार रातिबाट अन्त्य भएको छ । पहिलो प्रदेशसभाको कार्यकालको यो अन्तिम अधिवेशन पनि हो ।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिस बमोजिम चालु बर्खे अधिवेशन (शुक्रबार) राति १२ बजेदेखि लागू हुनेगरी अन्त्यको आह्वान गरेका हुन् ।

प्रदेशसभाको  शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको अधिवेशन अन्त्यसम्बन्धी पत्रबमोजिम राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरे । प्रदेशसभाको पाँच वर्षे कार्यकाल आगामी मंसिरमा समाप्त हुँदैछ ।

गत जेठ १६ गते प्रदेशसभाको दसौं अधिवेशन सुरु भएको थियो । बर्खे अधिवेशनमा २७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार ५ वर्षे कार्यकालमा प्रदेशसभाले संशोधन विधेयकसहित ६७ वटा विधेयक पारित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया