कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

लोकगायक विष्णु खत्रीको ‘उडी जाने जहाज’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर दिनुभएको छ ।

रचना र सङ्गीत पनि गायक खत्रीकै छ । गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन पनि उहाँ आँफैले गर्नुभएको हो । प्रस्तुत गीतले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताउनुभयो ।प्रदेशमा रहेका बुवा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतमा मुखारित छ ।

मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् । युट्युबमा सार्वजनिक भएको केही घण्टामै गीतले पाँच हजार बढी ‘भ्युज’ बटुलिसकेको छ ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैँ–तिहारसँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’लगायत दशैँ गीत सार्वजनिक भैसकेका  छन् । दुई दशकदेखि सङ्गीतमा सक्रिय उहाँले दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आउनुभएको छ ।

जनजीवनका भोगाइलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न पोख्त सर्जक–गायक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’ लगायत गीत चर्चित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार