वैशाख २४, २०८१ सोमबार May 6, 2024

सोमबार फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हल व्यवसायी र वितरकको छाता संस्था नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोध स्वरुप भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय गरेको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्ति तथा संघले हाम्रा सदस्यको मानमर्दन हुनेगरी अनर्गल आरोप लगाएकोप्रति आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफलमा रहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका केही संघ–संस्थाले चलचित्र प्रदर्शनको सम्बन्धमा प्रकाशित भएको विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

महासचिव नरेन्द्र महर्जनको हस्ताक्षरमा जारी विज्ञप्तिमा केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भएर केही चलचित्र क्षेत्रका समूहले संघका सदस्यप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गर्ने, कोरोनाबाट आक्रान्त चलचित्र क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो चलचित्र क्षेत्रलाई धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा उत्पन्न गराउने, स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोज्ने, चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरुको विरोधमा आन्दोलन गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार