कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गीतकार मिश्रको ‘तप तप आँशु’मा कमल र ललनाको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ ।

नविन कार्कीको संगीत रहेको छ । विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार  मिश्रले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटक झैँ हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरिन् ।

आफूलाई भन्दा बढी माया दिएकी प्रेमीकाले विशेष परिस्थितिका कारण धोका दिएर टाढिँदाको पललाई पछिल्लो पुस्ताका चर्चित निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गरेका छन् । कोरियोग्राफीमा समेत राम्रो दक्खल राख्ने निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको  मन छुने बताए ।

गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ । गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिए, लगायतका गीतहरु यसअघि नै बजारमा आइसकेका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार