श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आईफोन १४ मा कुन्-कुन् फिचर थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईफोन राम्रो कि एन्ड्रोइड भन्ने विवाद नौलो होइन । यी दवै फोनमा हुने अनेकन् फिचरले गर्दा मानिसहरू पक्ष- विपक्षमा उभिएका हुन्छन् ।

आईफोनमा हुने कतिपय फिचरहरू एन्ड्रोइडमा पाउन मुस्किल पर्छ भने एन्ड्रोइडमा उपलब्ध हुने कतिपय फिचर आईफोनमा पाउन सकिँदैन ।

हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजनिक हुँदा अन्य सिरिज वा अन्य ब्रान्डभन्दा के कुरा भिन्नै छन् भन्ने प्रश्न आउने गर्छ । त्यसमा पनि एन्ड्रोइडभन्दा कुन फिचर विशेष छ भन्ने कुरा आउँछ ।

एप्पलले आफ्नो आईफोन अपरेटिङ सिस्ट (आईओएस) अन्य अपरेटिङ सिस्टमको तुलनामा भरपर्दो, प्रयोग गर्न सजिलो, सुरक्षित र आकर्षक छ भन्दै प्रयोगकर्ताको मन जितिरहेको हुन्छ ।

एप्पलले हरेक पटक नयाँ सिरिज सार्वजनिक गर्दा उक्त सिरिज एकदमै नयाँ फिचरले भरिपूर्ण भएको दाबी गर्दै आइरहेको छ । आज हामीले एप्पलमा नयाँ थपिएका, तर एन्ड्रोइडमा पहिले नै भएका फिचरका बारेमा चर्चा गरेका छौँ ।

म्यापमा मल्टिपल स्टप्स

मानौँ तपाईँ आफ्नो आईफोनमा भएको म्याप प्रयोग गरेर कतै नौलो ठाउँमा यात्रा गर्दै हुनुहुन्छ । यात्रा गरिरहँदा बीचमा कतै रोकिन पर्ने अवस्था आयो । वा भनौँ कतै बुकस्टोरमा रोकिन पर्‍यो ।

त्यस्तो अवस्थामा आफूलाई हराउनबाट जोगाउन तपाईँले तत्कालै म्यापमा नयाँ ठाउँ ‘एड’ गर्न सक्नुहुन्छ । तर, यो फिचर आईओएस १६ मात्र उपलब्ध हुनेछ । यो फिचर एन्ड्रोडमा भने सन् २०१७ बाटै प्रयोग हुँदै आइरहेको छ ।

ईमेललाई शेड्युअल, अनडु, रिमाइन्डर लेटर र फलोअप गर्ने विकल्प

आईओएस १६ बाट यदि तपाईँले कसैलाई ईमेल पठाउनुभयो र तपाईँलाई उक्त ईमेल तत्कालै गलत मान्छेलाई गएको आभास भयो । यस्तो अवस्थामा तपाईँले १० सेकेन्डभित्र उक्त ईमेल अनसेन्ड गर्न सक्नुहुन्छ ।

तपाईँ आईओएस १६ मा ईमेल शेड्युअल गर्न, रिमाइन्डरमा राख्न सकिने व्यवस्था रहेको छ ।

यो फिचर जीमेलमा सन् २०१८ बाट प्रयोग हुँदै आएको छ । जीमेलको वेब एपमार्फत ईमेल १०, २० वा ३० सेकेन्डसम्म अनसेन्ड गर्ने फिचर रहेको छ । त्यस्तै ईमेल शेड्युअलमा राख्ने वा ‘रिमाइन्ड लेटर’मा राक्ने फिचर सन् २०१८ बाट प्रयोग हुँदै आएको छ ।

एप्पल लाइभ क्याप्सन

आईओएस १६ ले लाइभ क्याप्सन थप गरेको छ, जसले वास्तविक समयमा भिडिओ, अडियो तथा कन्भरसेसनमा क्याप्सन राख्ने गर्छ ।

एन्ड्रोइडले भने सन् २०१९ बाट लाइभ क्याप्सन उपलब्ध गराउँदै आएको छ । अहिले एन्ड्रोइडमा लाइभ क्याप्सन थुप्रै भाषामा उपलब्ध छ ।

कीबोर्डमा शब्द सुझाव

कतिपय अवस्थामा हामीलाई आफूले आईफोनमा टाइप गरेका शब्द गलत भएको खण्डमा सुझावमा शुद्ध शब्द देखियो भन्ने लागेको हुन्छ ।

त्यस्तै आफूले दैनिक प्रयोग गरिरहने शब्द टाइप गर्दा सुझावका रूफमा कीबोर्डमा स्वतः आउँदा हाम्रो काम केही छिटो हुन पुग्छ ।

आईओएस १६ ले यस फिचरलाई सम्बोधन गरेको छ । अब आईफोन प्रयोगकर्ताले पनि एन्ड्रोइड जस्तै अटो करेक्सन, सजेस्टेड टेक्स्ट आदिको मजा लिन सक्नेछन् ।

शेयर्ड लाइब्रेरी

आईओएस १६ मा छिट्टै नै शेयर्ड फोटो लाइब्रेरीको विकल्प उपलब्ध हुनेछ । यसका माध्यमबाट प्रयोगकर्ताले आईक्लाउडमा भएका फोटोहरू कम्तीमा पाँच प्रयोगकर्तामाझ शेयर गर्न सक्नेछन् ।

यस फिचरलाई आईक्लाउड शेयर्ड फोटो नाम दिइएको छ । गुगल फोटोजमा भने यो सुविधा पहिले नै उपलब्ध थियो ।

अलवेज-अन डिस्प्ले

आईफोन १४ मा आएको सबैभन्दा आकर्षक फिचर नै अलवेज(अन डिस्प्ले हो । जुन आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा मात्र उपलब्ध छ ।

अलवेज-अन डिस्प्लेमा तपाईँले फोन लक भइसकेपछि पनि स्क्रिनमा टाइम, नोटिफिकेसन तथा विजेट देख्न सक्नुहुन्छ । यसले त्यति चार्जर खपत गर्दैन । एप्पलको सिरिज ५ स्मार्टवाचबाट यो फिचर प्रारम्भ भएको थियो । तर, एन्ड्रोड फोनमा भने यो फिचर आएको १० वर्षभन्दा बढी भइसेकेको छ ।

फोन फिटनेस एप

आफ्नो फिटनेस मापन गर्नका लागि एप्पल वाच चर्चित छ । यदि तपाईँसँग आईफोन छ । तर, स्मार्टवाच छैन भने एप्पलको आधिकारिक फिटनेस एप प्रयोग गर्न सकिन्थ्यो ।

अब भने एप्पल वाच नभए पनि आईफोनमा आधिकारिक फिटनेस एप प्रयोग गर्न सकिन्छ । गुगलको आधिकारिक फिटनेस एप भने केही प्रयोगकर्ताका लागि उपलब्ध हुँदै आएको छ । यसमा भएको फिटनेस एप प्रयोग गर्न कतिपय ब्रान्डलाई स्मार्टवाच आवश्यक पर्छ भने कतिपयमा आवश्यक पर्दैन ।

क्रयाश डिटेक्सन

एप्पलले आईफोन १४ लाई उपलब्ध गराएको सबैभन्दा बढी आकर्षक फिचर भनेको क्याश डिटेक्सन फिचर हो ।

यदि प्रयोगकर्ता कतै हराए वा दुर्घटनामा परे भने फोनले स्वतः इमेरजेन्सीमा नम्बर डायल गरेर सहयोगका लागि आह्वान गर्छ । क्रयाश डिटेक्सन फिचर आईफोन १४ र एप्पल सिरिज ८ का डिभाइसका लागि उपलब्ध छ ।

पिक्सेल फोन यो फिचर पहिलेबाटै उपलब्ध हुँदै आएको थियो । गुगलले आफ्नो फोनमा यो फिचर सन २०१९ मा थपेको थियो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार