काठमाडौंः नेपाल भाषाको फिल्म ‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ ।
बिके फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ लाखे आजुको निर्माता हुन् । सिनेमाको चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।
लाखे आजुमा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रचना, दिपेन बस्न्यात र आर्यम नकर्मीको सम्पादन, समिर मियाँको भिएफएक्स र सुनिल श्रेष्ठको कलर रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया