श्रावण १८, २०८३ सोमबार August 3, 2026

साकिरालाई मुद्दा चलाउन अदालतको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ ।

स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।

अभियोजकले साकिरालाई दोषी ठह¥याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ ।

साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छन् । उनले मुद्धाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता गर्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेकी छन् ।

‘उनले सबै कर बुझाएकी छन् । उनीमाथि जुन बाँकी हो, त्यो ३ मिलियन यूरो व्याज मात्र हो’, उनको जनसम्पर्क अधिकृतले भनेका छन् ।

बार्सिलोनाको एस्प्लग्यूज डी लोब्रेगेट शहरमा रहेको अदालतले साकिराले कर छलीको ५ मामलाको सामना गर्नुपर्ने बताएको छ । यद्यपि यो मामलामा अदालतले औपचारिक रेफरलको घोषणा गरेको छैन र ट्रायलका लागि मिती पनि तोकेको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार