कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदै ‘नालापानी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ ।

यही दिन दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ । फिल्म ‘नालापानी’ले बिहीबार आयोजना गरेको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशकसँगै फिल्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिले फिल्मलाई सोलो रिलिज गर्न दिनुपर्ने माग राखे ।

निर्देशक अधिकारीले नौ वर्षको अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको खुलाउँदै फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गरे । कार्तिक ४ लाई पहिलोपटक आफूले नै फिल्म रिलिज गर्ने मितीका रुपमा उल्लेख गरेको दाबी गर्दै ऐतिहासिक महत्वको फिल्मलाई सोलो रिलिज गर्ने अवसर नदिनु दुःखको कुरा भतएको बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मलाई सोलो रिलिजको प्रबन्ध मिलाउन संघको तर्फबाट प्रयास भइरहेको बताए । ‘नालापानीको युद्धमाथि फिल्म बनाउनु चानचुने कुरा होइन । यस्तो फिल्मको प्रदर्शनका लागि सबैले सहयोग गर्नुपर्छ’, उनले भने ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘नालापानी’ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए । ‘यस्तो खालको फिल्म भविष्यमा बन्दै होला । इतिहासको विषयमा बनेको यो फिल्म बनाउने आँट गर्नु नै ठूलो कुरा हो । त्यसैले यो फिल्मलाई विशेष प्रदर्शनको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्छ,’ उनले भने ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी र विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार