कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

फ्राइडे फिल्म : हलमा ‘बाबरी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भूमिका निर्वाह गर्नुभएको छ ।

पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायाङ्कन गरिएको बाबरीमा युवापुस्ताको प्रेम देखाइएको छ । विजेता आफ्नी साथीको विवाह अगाडिको पार्टीमा गान्तोक पुग्दा रोनिससँग भेट हुन्छ । दुवैबीच सामीप्य भने नेपालमा बढ्छ । रोनिस नेपाल आएर विजेतालाई विवाहको प्रस्ताव गर्नुहुन्छ । पेसाले पाइलट रोनिस सिक्किम फर्किएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को इन्ट्री हुन्छ । विजेता र विक्रान्त बच्चा देखिकै साथी हुन्छन् ।

विक्रान्तले विजेतालाई माया गर्नुहुन्छ । यद्यपि विजेता भने रोनिसको पर्खाइमा हुनहुन्छ । घरबाट विवाहको दबाब आएपछि विक्रान्तलाई लिएर रोनिसलाई खोज्न विजेता सिक्किम निस्किनुहुन्छ । आफूले माया गरेको विजेता अरु कसैको पर्खाइमा रहेको थाहा पाएपछि हुने अन्तरद्वन्द्व नै कथासार हो । विजेताले विक्रान्त वा रोनिस कसलाई रोज्नुहुन्छ ? जिद्दी विक्रान्तले विजेतालाई सहजै छाड्नुहुन्छ ? विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिसमध्ये कसलाई रोज्नुहुन्छ ? यी तथ्य थाहा पाउन हलसम्म पुग्नुपर्छ ।

डेब्यु अभिनेता धीरज नाडकर कलाकार तृप्ती नाडकरको छोरा हुनहुन्छ । “मेरो लागि यो खास छ । आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु । मैले इन्डो–नेपाली रोनिसलाई पर्दामा सक्दो जीवन्त बनाउने प्रयास गरेको छु”, अभिनेता नाडकरले भन्नुभयो ।

शीर्ष भूमिका निर्वाह गर्नुभएकी अदितीले विजेतामार्फत अहिलेको युवतीलाई प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “छोरी विवाहका लागि मात्र नभई जीवनयापनमा सक्षम रहेको सन्देश मेरो पात्रमार्फत प्रवाह हुन्छ । हाम्रो सक्षमतासँगै शालीनतालाई पर्दामा देखाएकी छु ।”

अभिनेता धीरज मगरले निर्वाह गर्नुभएको ‘सानो राजा साहेब’ को पात्र पुर्व युवराज पारस शाहसँग केही मिल्दो छ । “मैले केही गुण उहाँको अपनाएको छु । लेटाङ पुगेर छायाङ्कन अगाडि स्थानीय युवालाई समेत बुझेर चरित्रमा ल्याएको छु”, अभिनेता मगरले भन्नुभयो । बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनीता श्रेष्ठले पनि फिल्ममा अभिनय गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार