कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन् ।

प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको खुलाएका छन् । ‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ । तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने…। धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्यौ । यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन् ।

फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन् । फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदैछ । फिल्मले भगवान रामको गाथा बोल्नेछ । टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन् । उनीहरुले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार