असार २३, २०८२ सोमबार July 7, 2025

नयाँ पुस्ताको विचारलाई सम्बोधन गर्न नसक्दा नयाँ दलहरू असफल हुँदै जाने खतरा रहन्छ । – नैनसिंह महर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचनमा युवाको उम्मेदवारीको समग्र स्थिति कस्तो देखियो ?

अघिल्लोपटकको निर्वाचनको भन्दा पनि यसपटक युवाको उम्मेदवारी खस्किएको तथ्यांकबाट देखिन्छ । समग्रमा सबैजसो दलहरूमा पर्याप्त युवा छन् । जसलाई नेतृत्वले विश्वास गरेको देखिएन । जसका कारण स्वतन्त्र उम्मेदवारी दिनेमा युवाहरूको संख्या पनि बढेको अनुमान लगाउन सकिन्छ । पुराना र ठूला मानिएका दलमा त युवाको उपस्थिति दयनीय नै देखिन्छ ।

टिकट वितरणमा युवा नेतृत्वले हस्तक्षेप गर्न नसकेको हो ?

सबै पार्टीका नेतृत्वमा नयाँ पुस्ताका नेता छन् । युवाको नेतृत्व गरेका नेताहरू, जो टिकट वितरण कमिटीमा थिए, उनीहरूले पनि वकालत गर्न नसकेकै हो । युवाको एजेन्डा बोकेर नेतृत्वमा पुगेककाहरू पनि गुट–उपगुट र नजिककालाई तान्नमै व्यस्त रहे । उनीहरू पुरानो नेतृत्वको छायामा रहे । युवा चिन्तनलाई बिर्सिए । उनीहरूलाई पनि नयाँ युवा आउँदा हामी छायामा पर्छौं कि भन्ने भयले सताएको देखियो । युवाको उम्मेदवारीमा युवा नेतृत्व नै बाधक भएर आयो ।

अहिलेको कमजोर युवा उम्मेदवारीले  नेतृत्व विकासमा के असर पर्छ ?

नयाँ पुस्ताको विचारलाई सम्बोधन गर्न नसक्दा नयाँ दलहरू असफल हुँदै जाने खतरा रहन्छ । समग्र नयाँ नेतृत्वको उदयमा रोकावट हुँदै जान्छ र दलको विकल्पमा युवाहरू उभिँदै जाने अबस्था रहन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया