बैसाख २२, २०८३ मंगलबार May 5, 2026

नयाँ पुस्ताको विचारलाई सम्बोधन गर्न नसक्दा नयाँ दलहरू असफल हुँदै जाने खतरा रहन्छ । – नैनसिंह महर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचनमा युवाको उम्मेदवारीको समग्र स्थिति कस्तो देखियो ?

अघिल्लोपटकको निर्वाचनको भन्दा पनि यसपटक युवाको उम्मेदवारी खस्किएको तथ्यांकबाट देखिन्छ । समग्रमा सबैजसो दलहरूमा पर्याप्त युवा छन् । जसलाई नेतृत्वले विश्वास गरेको देखिएन । जसका कारण स्वतन्त्र उम्मेदवारी दिनेमा युवाहरूको संख्या पनि बढेको अनुमान लगाउन सकिन्छ । पुराना र ठूला मानिएका दलमा त युवाको उपस्थिति दयनीय नै देखिन्छ ।

टिकट वितरणमा युवा नेतृत्वले हस्तक्षेप गर्न नसकेको हो ?

सबै पार्टीका नेतृत्वमा नयाँ पुस्ताका नेता छन् । युवाको नेतृत्व गरेका नेताहरू, जो टिकट वितरण कमिटीमा थिए, उनीहरूले पनि वकालत गर्न नसकेकै हो । युवाको एजेन्डा बोकेर नेतृत्वमा पुगेककाहरू पनि गुट–उपगुट र नजिककालाई तान्नमै व्यस्त रहे । उनीहरू पुरानो नेतृत्वको छायामा रहे । युवा चिन्तनलाई बिर्सिए । उनीहरूलाई पनि नयाँ युवा आउँदा हामी छायामा पर्छौं कि भन्ने भयले सताएको देखियो । युवाको उम्मेदवारीमा युवा नेतृत्व नै बाधक भएर आयो ।

अहिलेको कमजोर युवा उम्मेदवारीले  नेतृत्व विकासमा के असर पर्छ ?

नयाँ पुस्ताको विचारलाई सम्बोधन गर्न नसक्दा नयाँ दलहरू असफल हुँदै जाने खतरा रहन्छ । समग्र नयाँ नेतृत्वको उदयमा रोकावट हुँदै जान्छ र दलको विकल्पमा युवाहरू उभिँदै जाने अबस्था रहन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
२०८३ बैसाख २२, मंगलबार