कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

यी हुन् अभिनयका लागि पतिको साथ छोड्ने नायिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउडमा करियर बनाउन निकै गार्हो कुरा हो । तर, यस्ता केही अभिनेत्री छन्, जसले करियर बनाउनकै लागि कठिन निर्णय लिए । यहाँ केही अभिनेत्रीको चर्चा गरिएको छ, जसले अभिनयमा करियर बनाउनकै लागि पतिको साथ छोडे ।

डिम्पल कपाडिया

बलिउड अभिनेत्री डिम्पल कपाडिया फिल्म ‘बबी’ मार्फत रातारात स्टार बनिन् । तर, उनले सन् १९७३ मा १६ वर्षको उमेरमा अभिनेता राजेश खन्नासँग विवाह गरिन् । विवाह पछि राजेशले डिम्पललाई फिल्ममा काम गर्न आपत्ति जनाए । जसकारण उनले केही समय अभिनयलाई दूरी  बनाइन् । यसको १० वर्षपछि उनले फिल्ममा फर्कने सोच बनाइन् । त्यसका लागि उनले राजेश खन्नाको घर नै छोडिन् ।

मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतलाई कुनै पनि पहिचानको आवश्यकता छैन । उनले कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । मल्लिकाले फिल्म ‘मर्डर’बाट पहिचान बनाइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् । फिल्ममा आउनुअघि उनले करण गिलसँग विवाह गरेकी थिइन् । अभिनयमा करियर बनाउनका लागि विवाहको एक वर्षपछि सम्बन्धविच्छेद गरेर मुम्बई आइन् । त्यसपछि उनी बलिउडसहित हलिउड फिल्ममा देखिइन् ।

चित्रांगदा सिंह

चित्रांगदाले हालसम्म कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् २००१ मा ज्योति रंधावासँग विवाह गरेकी थिइन् । विवाहपछि उनी मुम्बईमा बस्थिन् र उनका पति नयाँ दिल्लीमा बस्थे । यो विषयलाई लिएर दुवै बीच मतभेद सुरु भयो । अन्ततः अभिनेत्रीले सन् २०१४ मा सम्बन्धविच्छेद गरेर अभिनयलाई करियर बनाइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार