कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘महापुरुष’: हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मह जोडी अभिनीत चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ ।

चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिनुभयो ।

अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूह कार्य राम्रो भएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दाबी गर्नुभयो । कथावस्तुसँगै प्रत्येक कलाकारको जीवन्त अभिनय भएको उल्लेख गर्दै उहाँले चलचित्रलाई आम सर्वसाधारणले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्री गौरी मल्लले सामाजिक विषयवस्तुलाई चलचित्रले प्रस्तुत गरेको बताउनुभयो । वरिष्ठ कलाकार राजाराम पौडेलले अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ताका कलाकारको जीवन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको बताउनुभयो ।

चलचित्रका नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइलीले अत्यन्त मेहनतका साथ चलचित्र तयार भएको भन्दै यसलाई आम दर्शकको साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले लगभग रु तीन करोडको लागतमा चलचित्र तयार बनेको बताउँदै काठमाडौँको मध्यम वर्गीय परिवारको कथालाई चलचित्रमा समेटिएको जानकारी दिनुभयो । आगामी कात्तिक ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउने उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार