काठमाडौंः आगामी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन् । हालै निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नामावलीमा मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको नाम समावेश छ ।
आयोगका अनुसार यसपटक देशभरबाट कूल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्, जसमा ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।
यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम साे सूचीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।
तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए/नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस् ।टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया