असोज १६, २०८३ शुक्रबार October 2, 2026

सामाजिक सञ्जालमा गाउँ जाने कुरा उल्लेख नगर्न प्रहरीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चाडपर्वको समयमा सुरक्षालाई मध्यनजर राख्दै नेपाल प्रहरीले आमनागरिकलाई सामाजिक सञ्जालमा आफू गाउँ जान लागेको कुरा अथवा आफ्नो ठेगाना उल्लेख गरेर कुनै पनि कुरा पोष्ट नगर्न आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै प्रहरीले तिहार र छठ पर्वको लागि गाउँ जान लागेको लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको हो ।

चाडपर्वको समयमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस्तो सूचना जारी गरेको हो । यसले सम्भावित दुर्घटना अथवा साइबर अपराध रोक्न सकिने प्रहरीको विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया