कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

ज्याकलिनलाई गिरफ्तार नगर्न अदालतकाे आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा बलिगड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् ।

बयान दिन उपस्थित उनलाई अदालतले आगामी सुनुवाईसम्म गिरफ्तार नगर्न आदेश दिएको छ । यो मुद्दाको आगामी सुनुवाई १० नोभेम्बरमा हुनेछ । अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । इडीले भने जवाफ पेश गर्नका लागि समय मागेको छ । अदालतले ज्याकलिनको वकिललाई आफ्नो चार्जसिटको कपी सबै आरोपीलाई दिएको छ कि छैन भनेर सोधेको थियो । जवाफमा वकिलले आफूलाई इडीले अदालतमा दिने भने पनि हालसम्म नपाएको बताएका थिए ।

सुकेश हाल जेलमा छन् । सुकेशमाथि कैयौं व्यक्तिलाई ठगेको आरोप छ । गत १७ अगष्टमा इडीले चार्जसिट दर्ता गराएको थियो । जसमा ज्याकलिनलाई पनि २ सय करोडको रकम असुलीमा आरोपी पाइएको थियो । यसमा कैयौं साक्षी र प्रमाणलाई आधार बनाइएको थियो । यसपछि अदालतले उनलाई पत्र पठाएको थियो । आफूमाथि आरोप लागेपछि ज्याकलिनले वकिलमार्फत जमानतको याचिका दर्ता गरेकी थिइन् ।

यो मुद्दालाई लिएर इडीले कैयौं पटक ज्याकलिनमाथि सोधपुछ गरेको छ । सोधपुछमा आफूले सुकेशसँग विवाह गर्न चाहेको खुलासा गरेकी थिइन् । दिल्ली पुलिसको आर्थिक अपराध शाखाले पनि ज्याकलिनसँग १५ घण्टा सोधपुछ गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार