कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘डिसेम्वर फल्स’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुस १५ गते) देशब्यापी प्रदर्शन हुने छ ।

निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । एक पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त देखिन्छिन् ।

भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा, रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

दीपक शर्मा,कोशिस क्षेत्री, सुुशान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार