असार २३, २०८२ सोमबार July 7, 2025

जनताबाट प्रश्न उठ्ने हो भने अनि दल तथा नेताहरू झुटा वाचा गर्न डराउँछन् ।- चन्द्रकिशोर झा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दलहरूले निर्वाचनमा गर्ने वाचा र घोषणापत्रलाई कसरी लिएको पाउनुहुन्छ ?

०१५ को निर्वाचनमा दलहरूले यथार्थवादी भएर सपना बाँडेका थिए । त्यसवेला निर्वाचित भएको सरकारले भुइँ तहका समस्या समाधान गर्न खोजेको थियो । तर, ०४८ देखि जसले जितेर शासन गर्ने मौका पाए तिनले सुरुदेखि नै निर्वाचन जित्न मात्रै पूरा नहुने वाचा गर्न थाले । कालान्तरमा यस्तो अवस्था आयो, घोषणापत्र कर्मकाण्ड पूरा गर्न सञ्चारमाध्ययममा प्रचारका लागि मात्रै ल्याउन थालियो ।

निर्वाचनमा दल र नेताहरूले किन पूरा नहुने प्रतिबद्धता गर्छन् ?

दलहरूले घोषणापत्रमा मुलुकको आर्थिक अवस्था के हो ? मुलुकले के धान्न सक्छ भन्ने नै विश्लेषण नै नगरी हचुवाका भरमा सपना बाँड्ने गरेका छन् । यस्ता वाचा पूरा कसरी हुन्छ भन्ने रणनीति छ र मार्गचित्र छैन, केवल वाचा हुन्छ । चुनावपछि पनि दलहरूले आफूले गरेका प्रतिबद्धता कसरी पूरा गर्ने भनेर विमर्श गर्ने गरेका छैनन् ।

यस्ता दल र जनप्रतिनिधिलाई जवाफदेही बनाउन  जनस्तरबाट के गरिनुपर्छ ?

जनताले तह लगाउने भनेको प्रश्न गरेरै हो । पहिले गरेका प्रतिबद्धताका विषयमा जनस्तरबाट जतिसक्दो प्रश्न आउनुपर्छ । जनस्तरबाट यस्ता विषयमा प्रश्न उठ्ने गरेकै छैनन् । जनताबाट प्रश्न उठ्ने हो भने अनि दल तथा नेताहरू झुटा वाचा गर्न डराउँछन् । नयाँँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया