श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अन्ततः भुवन केसीले गर्ने भए जीयासँग तेस्रो विवाह, ६५ वर्षको उमेरमा पनि फेरी घरजम !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ – अभिनेता भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो, सम्भवतः अनविज्ञ कोही छैनन् ।

कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन भने सुखद् रहेन । उनको दुई विवाह टिक्न सकेन । उनको जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान (अनमोल) छन् ।

दुई विवाह टुंगिएपछि भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा छन् । तर, दुवैले रीति-रिवाजअनुसार विवाह गरेका छैनन् । अब भने भुवन जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा छन् ।

अर्थात्, उनले जीयासँग विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् । अन्तर्वार्तामा जीयाको नाम नलिएपनि केसीले निर्णायक मोड दिने सोचमा आफू र रहेको र त्यसमा परिवार पनि सकारात्मक रहेको बताए ।

उनले जीयाको नाम नलिई विवाहतर्फ संकेत गर्दै भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ । र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले आफ्नो अघिल्ला दुई विवाह नविग्रियोस् भन्ने चाहेको भए पनि त्यसमा आफू सफल हुन नसकेको बताएका छन् । राम्रो होस् भन्ने चाहना हुँदा-हुँदै पनि राम्रो हुन नसकेकोमा केसी दुखि छन्।

उनी भन्छन्, ‘कसैले आफ्नो व्यक्तिगत जीवन विग्रियोस् भन्ने चाहँदैन । तर, एक हातले मात्र पनि त ताली बज्दैन । त्यो मामलामा म भाग्यमानी रहेनछु । मेरो परिवार राम्रो होस् भन्ने चाहना हुँदा-हुँदै पनि राम्रो हुन सकेन ।’

उनले आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०/२५ वर्ष भइसकेको बताए । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरेको उनको भनाई छ ।

दोस्रो श्रीमतीसँग भने भेटघाट र बोलचाल नहुने गरेको भुवन बताउँछन् । तर, आफूलाई अनमोल जस्तो अनमोल छोरा दिएकोमा कान्छी श्रीमतीप्रति उनी सम्मान प्रकट गर्छन् । -ताजाखबरपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार