कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गीतकार तारा अधिकारीको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गीतकार तारा अधिकारीको लेखन र निर्देशन गरेको सट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । फिल्ममा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा समेटिएको छ ।

रोगले ग्रस्त बाबुको परदेशिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबैजनाको सुःख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य फिल्ममा छ ।

फिल्ममा सुवास गजुरेल, हिउँवाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । फिल्ममा बाबुराम निरौलाको सहायक निर्देशन, शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन, र प्रदीप श्रेष्ठको पाश्र्व संगीत छ ।

निर्देशक तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको यो फिल्म चन्द्र विनायक फिल्मसमा पोस्ट प्रोडक्सन गरिएको हो ।

गीत लेखन हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी अधिकारीको निर्देशन रहेको यो पहिलो लघु फिल्म हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार