कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

भोजपुरी सुपरस्टार पवन सिंहविरुद्ध श्रीमतीकाे उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भोजपुरी फिल्म उद्योगका सुपरस्टार पवन सिंहलाई स्थानीय अदालतले नोभेम्बर ५ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । पवनकी श्रीमती ज्योति सिंहले भरणपोषणका लागि अदालतमा निवेदन दिएपछि यही मामलामा अदालतले अभिनेतालाई उपस्थित हुन आदेश दिएको हो ।

गत अप्रिल, २०२२ मा पवन सिंहले पत्नी ज्योतिसँग सम्बन्धविच्छेद गर्न बिहारको आरा कोर्टमा निवेदन दिएका थिए । यही निवेदनमाथि एक महिनाको सुनुवाइपछि अदालतले आपसमा मामला सुल्झाउन सल्लाह दिएको थियो । तर, पवन र ज्योतिबीच कुरा मिल्नुको सट्टा मामला झन बढ्दै गएको थियो ।

ज्योतिले बलियाको फेमिली कोर्टमा भरणपोषणका लागि पवनविरुद्ध उजुरी दिएकी थिइन् । अदालतले पवनलाई तीनपटक उपस्थितिका लागि तारिख दिए पनि उनी अहिलेसम्म पुगेका छैनन् । ज्योतिका वकिल पियुष सिंहका अनुसार अदालतले पवनलाई नोभेम्बर ५ मा उपस्थित भएर आफ्ना कुरा राख्न भनेको छ ।

पवनले सन् २०१४ मा निलमसँग विवाह गरेका थिए । तर मार्च २०१५ मा निलमले आत्महत्या गरेकी थिइन् । यद्यपि आत्महत्याको कारण थाहा हुन सकेको थिएन । निलमकी बहिनीले पवन काममा व्यस्त भएर समय दिन नसकेपछि दिदीले आत्महत्या गरेको दाबी गरेकी थिइन् । त्यसपछि पवनले २०१८ मा ज्योतिसँग विवाह गरेका थिए ।

पवनले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिँदै आफू पत्नीसँग बस्न नसक्ने जानकारी दिएका थिए । ज्योतिले भने आफूलाई पवनले प्रताडित गरेको आरोप लगाएकी थिइन् । ज्योतिले आफूलाई पवनले कुटपिट र गालीगलोजका साथै विवाह पछि दुई पटक गर्भपतन गराएको आरोप लगाएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार