कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

शाहरुखको जन्मदिनमा ‘पठान’को टिजर र ‘दिलवाले दुल्हनियाँ जे जाएंगे’ रि-रिलिज गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता शाहरुख खान आगामी २ नोभेम्बरमा ५७औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ दिँदैछ ।

एउटा सरप्राइज शाहरुख अभिनित फिल्म ‘पठान’को टिजर र अर्को सरप्राइज ‘दिलवाले दुल्हनियाँ जे जाएंगे (डीडीएलजे)’ को रि–रिलिज ।

‘पठान’का निर्माता आदित्य चोपडाका अनुसार दर्शकलाई शाहरुखको जन्मदिनमा उपहारस्वरूप यी दुई काम गर्न लागिएको हो । डीडीएलजेको निर्माण कम्पनी यशराज फिल्मस् नै हो ।

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ ।

शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शन हुनेछ । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रुपैयाँसम्म राखिएको छ । यसका लागि अनलाइनमार्फत एडभान्स बुकिङ खुला गरिसकिएको छ ।

अहिलेको लागि मुम्बई, दिल्ली एनसीआर, कोलकाता, कानपुर, अहमदाबाद, लखनउ, पुणे र सूरतका थिएटरमा एडभान्स बुकिङ खुलाइएको छ ।

फिल्म ‘पठान’ मा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् । सिद्धार्थ आनन्द निर्देशित फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दीसँगै तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार