श्रावण १९, २०८३ मंगलबार August 4, 2026

दलहरुको घोषणापत्र बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको निरन्तरता – झलक सुवेदी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचनअघि घोषणापत्र ल्याउनु आवश्यक  हो कि कर्मकाण्ड ?

विकसित समाजमा घोषणापत्र नै भनेर नाम नदिए पनि आफू सत्तामा पुगेमा यस्तायस्ता काम गर्नेछु भनेर कार्यकारी प्रमुखका उम्मेदवारले प्रतिबद्धता पत्र ल्याउने चलन छ । यस्तो प्रतिबद्धता पत्र या घोषणापत्र निर्वाचनपछि आफ्नो सरकार बन्यो भने योयो काम गर्छौं भनेर जनतासँग मत माग्ने अस्त्र पनि हो । तर, कार्यान्वयनको अवस्थालाई हेर्दा हामीकहाँ भने घोषणापत्र विशुद्ध कर्मकाण्ड हो, बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराको निरन्तरता हो ।

दलहरूले सत्तामा पुगेपछि घोषणापत्रका घोषणा किन भुल्छन् ?

निर्वाचनअघि ल्याइएका घोषणापत्रमा दलहरूले केटाकेटीलाई चकलेट बाँडेजसरी जनतालाई भुलाउन सम्भव असम्भव अनेक घोषणा गरेका हुन्छन् । उनीहरूले घोषणापत्रमा उत्पादनमुखीभन्दा पनि वितरणमुखी योजना बढी ल्याएका हुन्छन् । देशमा उत्पादन संकटमा भएको वेलामा वितरणमुखी योजना कार्यान्वयन हुन सक्दैनन् । अनि, उनीहरू आफ्नै घोषणा बिर्सिए जस्तो गर्न बाध्य हुन्छन् ।

दलहरूलाई घोषणापत्रप्रति जिम्मेवार बनाउने कुनै विधि हुँदैन ?

त्यस्तो कुनै विधि त हुँदैन । तर, जनताको चेतना र मिडियाको सचेत खबरदारीले दलहरूलाई जिम्मेवार बनाउन सकिन्छ । जबसम्म जनता र मिडियाले प्रश्नमाथि प्रश्न गर्न सक्दैनन् तबसम्म दलहरू जिम्मेवार बन्ने अपेक्षा गर्नु व्यर्थ हुन्छ । घोषणाअनुसार काम नगर्नेलाई अर्को निर्वाचनमा भोट नदिनु नै उनीहरूलाई जिम्मेवार बनाउने उत्तम विधि हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार