श्रावण १८, २०८३ सोमबार August 3, 2026

रमेश एमके पौडेलको निर्देशनमा बनेको तिम्रो मेरो साथमा पुष्प र साम्राज्ञीको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिल्म निर्माता रमेश एमके पौडेलको डब्व्यु निर्देशनमा बनेको फिल्म तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ।

रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका फिल्म निर्माण गर्दै आएका पौडेलले पहिलोपटक यो फिल्म निर्देश गरेका हुन्। पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले प्रेमभावका साथ बोकेका छन्।

आगामी पुस २९ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा पुष्प र साम्राज्ञीका अलावा सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र विशेष भूमिकामा ध्रुव दत्तले अभिनय गरेका छन्। रातो टीका निधारमापछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने यो नै पहिलो फिल्म हुनेछ। फिल्ममा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा पासाध्र लामा निर्माता तथा निø भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह+निर्माता रहेका छन् भने कार्यकारी निर्माता सवीर श्रेष्ठको पटकथा र सम्वाद, योगेश काजीको संगीत र शिव ढकालको छायांकन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया