श्रावण ७, २०८२ बुधबार July 23, 2025

दराजको सपिङ फेस्टिभल कात्तिक २५ गतेदेखि सुरू हुँदै, ८० प्रतिशतसम्म छुट पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण कात्तिक  २५ गते सुरू हुने भएको हो ।

यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ । ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग साझेदारी गरेको हो ।

दराज ११.११ अभियानका लागि बैंक साझेदारहरूमा नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र कामना सेवा बैंक छन् ।

कम्पनीका अनुसार माथि उल्लिखित प्रीपेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र कायम हुनेछ । दराजको ११.११ सेल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया