असार २४, २०८२ मंगलबार July 8, 2025

सिंगापुर फर्किन नमानेपछि सिल्क एयरका ८५ यात्रुलाई काठमाडौंमै ओरालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिंगापुरबाट काठमाडौं अवतरण गरेको सिल्क एयरको विमानका यात्रुलाई झण्डै ३ घण्टापछि ओरालिएको छ।

शनिबार राति ८ः४० मा आएको विमानका यात्रुलाई मध्यराति १२ बजे मात्रै ओरालिएको हो ।

तेल भर्न मात्रै भनेर आपतकालीन अवतरण मागेको विमानले फर्किने तयारी गरेपछि यात्रुले नाराबाजी गरेका थिए। विमानभित्रै चर्को नाराबाजी सुरु भएपछि विमानस्थल प्रशासनले यात्रु ओराल्ने निर्णय गरेको हो।

प्रतिबन्धित देशका यात्रु सोही विमानमा सवार रहेको जानकारी नागरिक उड्डयन प्राधिकरणमा आएपछि प्राधिकरणले विमान फिर्ता पठाउन भनेको थियो।

तर विमानले तेल भरेर फर्किन भन्दै आपतकालीन अवतरण माग्यो। त्यसपछि त्रिभुवन विमानस्थल कार्यालयले सिल्क एयरलाई अवतरणको अनुमति दिएको थियो।

अवतरणको अनुमति पाए पनि यात्रु ओराल्न भने दिइएको थिएन । तेल भरेर फर्किने र प्रतिबन्धित देशका नागरिकलाई छाडेर बाँकी यात्रुलाई आइतबार फेरि ल्याउने विमानमा जानकारी गराइएको थियो।

त्यसपछि यात्रुले होहल्ला गरेका थिए। विमानभित्रै यात्रुले होहल्ला गरेपछि विमानस्थलले त्यहाँ रहेका यात्रु पहिचान गर्न थाल्यो। प्रतिबन्धित देशबाट आएका यात्रु नेपाली नै रहेको पाइएपछि ओराल्ने निर्णयमा पुगेको हो।

विमानमा रहेका ८५ यात्रुमध्ये ३ जना प्रतिबन्धित देशबाट फर्किएको पाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताएका छन।

उनका अनुसार जापानबाट फर्किएका दुई जना र नेदरल्यान्डबाट फर्किएका एक नेपालीका कारण समस्या भएको हो।

‘तर पछि आफ्नै देशका नागरिकलाई फिर्ता पठाउन हुन्न भनेर यात्रु ओराल्ने निर्णय गरेका हौं,’ आचार्यले भने।

उनीहरू तीन जनालाई राति नै खरिपाटी क्वारेन्टाइनमा पठाइएको छ। अन्य ८२ यात्रुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको अध्यागमन कार्यालयले जनाएको छ।

नेपालले गत शुक्रबारदेखि कोरोना प्रभावित देशबाट आउन प्रतिबन्ध लगाएको थियो। आइतबारदेखि भने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार