श्रावण ७, २०८२ बुधबार July 23, 2025

एकै पटक धेरैलाई म्यासेज पठाउने टेलिकमको सेवा, कसरी प्रयोग गर्ने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको नेपाल टेलिकमले जनाएको छ ।

यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ ।

यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० (पच्चिस सय,करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १०,००० (दश हजार) वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५,००० (पाँच हजार,करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिन्छ ।

यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि यहाँ क्लिक लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया