श्रावण ७, २०८२ बुधबार July 23, 2025

टेलिकम उद्योगमा फोरजी प्रयोगकर्ता कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० रहेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको एमआईएस रिपोर्ट अनुसार १ करोड ८५ लाख ४४ हजार ४५० ले फोरजी प्रयोग गरिरहेका छन् ।

रिपोर्टका अनुसार असारसम्म सबैभन्दा बढी फोरजी प्रयोगकर्ता सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमका छन् । टेलिकमका १ करोड १५ लाख ५० हजार १८१ छन् ।

त्यस्तै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका फोरजी प्रयोगकर्ता ६८ लाख ५९ हजार ७७३ रहेका छन् भने अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका १ लाख ३४ हजार ४९६ रहेका छन् ।

टेलिकमका फोरजी प्रयोगकर्ता बढ्दो क्रममा रहँदा एनसेल र स्मार्ट टेलिकमका प्रयोगकर्ता भने घट्दो क्रममा छन् । गत जेठसम्म एनसेलका ७१ लाख १५ हजार ६७८ फोरजी ग्राहक थिए तर असोजसम्म आईपुग्दा उक्त ग्राहक ६८ लाखमा सिमित भएका छन् ।

त्यस्तै स्मार्टका जेठसम्म १ लाख ४६ हजार रहेका थिए भने असारसम्म १ लाख ३४ हजार रहेका छन् । यता जेठको तुलनामा असारमा टेलिकमका ३ लाख बढीले फोरजी ग्राहक वृद्धि भएका छन् ।

समग्रमा जेठको तुलनामा असारमा फोरजी प्रयोगकर्ता समेत घटेका छन् । प्राधिकरणको असारको एमआईएस रिपोर्ट अनुसार १ करोड ८५ लाख ५९ हजार ५२२ रहेकोमा साउनको रिपोर्टमा १ करोड ८५ लाख ४४ हजार ४५० मात्रै रहेको उल्लेख गरिएको छ । आइसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया